गृहपृष्ठ दार्चुलामा चितुवा मृत फेला

दार्चुलामा चितुवा मृत फेला

दार्चुलामा चितुवा मृत फेला

दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत फेला परेको छ ।

स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए ।

‘हामीले पनि केही बेर अगाडि मात्र थाहा पाएका हौँ’, कुँवलरले भने, ‘हामी घटना स्थल तर्फ जाँदै छौँ ।’ को कारणले चितुवा मृत फेला परेको भन्ने अनुसन्धनपछि मात्र खुल्ने कुँवरले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु