global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रौतहतमा दाइजोको निहुँमा आमाछोरीको हत्या

रौतहतमा दाइजोको निहुँमा आमाछोरीको हत्या

रौतहतमा दाइजोको निहुँमा आमाछोरीको हत्या

रौतहतमा दाइजोको निहुँमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका(४ बौधा परौराका धिरेन्द्र साह नामका व्यक्तिले दाइजोको निहुँमा २४ वर्षीया श्रीमती कविता र डेढ वर्षे नाबालिका छोरी आरोहीलाई निर्घात कुटपिट गरी हत्या गरेका हुन् । हिजो राति भएको घटनामा धिरेन्द्रको परिवारका अन्य सदस्य पनि संलग्न रहेको आशंका छ ।

तीन वर्षअघि समाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका( ५ मिठुअवाका विजयशंकर साहले छोरी कविताको विवाह नागेन्द्र साहका छोरा धिरेन्द्रसँग गरिदिएका थिए । बिहेअघि उनले मोटरसाइकल, पलङ, भैँसी, सिक्री दिने कबुल गरेका थिए ।

मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए।

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ। उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो। कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए । उनका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो।

ज्वाइँ धिरेन्द्रको परिवारले शुक्रबार राति १२ बजे छोरीलाई निर्घात कुटेर मारेपछि भर्‍याङमा झुण्ड्याएको र १८ महिने नातिनीलाई घरको पङ्खामा झुण्डयाएको उनले बताए । बिहान ३ बजे सम्धीका छिमेकीले फोन गरेपछि छोरी ज्वाइँको परिवारबाट मारिएको खबर उनले पाएका थिए ।

हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु