global ime bank Long Banner Ad

गृहपृष्ठ विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा सभाका सदस्य खिमलाल देवकोटा, विमला घिमिरे, तुलसाकुमारी दाहाल, राजेन्द्रलक्ष्मी गैरे, रामचन्द्र राई, दिलकुमारी रावल थापा पार्वती, सुमित्रा विसी, कुमार दसौदीले भाग लिएका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकका विभिन्न शीर्षकमाथि छलफलका लागि यही असार १८ देखि २२ गतेसम्मको समय निर्धारण गरेका छन् । यसैगरी सम्बन्धित मन्त्रीबाट जवाफ दिनका लागि असार २४ देखि २६ गतेसम्मको समय निर्धारण गरिएको छ ।

राष्ट्रियसभाको अर्काे बैठक असार १८ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु