काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण

6.22K
shares
नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन् । यही जुन २९ तारिखका दिन बिहान ९बजे उनले रुसमा रहेको उक्त हिमाल आरोहण गरेका हुन् । पाण्डेले  एलब्रसमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका थिए । उक्त  हिमाल पाँच हजार छ सय ४२ मिटर अग्लो छ ।
उनले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ जुन २१ मा रुस प्रस्थान गरेका थिए । पाण्डेले आरोहण गरेको उक्त हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने उनले बताए ।
पाण्डेले सन् २०१६देखि हिमाल चढ्न सुरु गरेका हुन् । उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन् । पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोहण गरी सेभेन समिट पूरा गर्ने बताए । रामेछापको लिखु तामाकोशी निवासी उनले विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन् ।