global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

मनकामना मन्दिर परिसरमा रहेको धर्मशालामा स्थानीयबासीले बुधबार तालाबन्दी गरेका छन्। योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्ने प्रयोजनका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भाडामा दिन लागेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन्।

गुठी संस्थानले सो धर्मशालालाई बिगत ४० वर्षदेखि व्यापारिक प्रयोजनका लागि भाडामा दिँदै आएको स्थानीय मनोज जोशीले बताए। धर्मशालालाई धर्मशालाकै रुपमा प्रयोग गर्न स्थानीय गुठीयारले माग गर्दै आए पनि बेवास्ता गरेपछि भवनमा ताला लगाइएको उनले जानकारी दिए।

‘धर्मशाला भवन २०७२ सालको भूकम्पपछि पूर्ण रुपमा जीर्ण छ। यस्तो अवस्थामा भएको भवन कसैलाई थाहा नदिई गुठी संस्थानले फेरि भाडामा लगाउन टेण्डर आह्वान गर्‍यो,’ उनले भने, ‘विरोध स्वरुप हामीले ज्ञापनपत्र बुझायौँ, मन्त्रीलाई पनि भन्यौँ तर गुठी संस्थानले टेरेन। त्यसैले आज तालाबन्दी गर्न बाध्य भयौँ।’ सात दिने अल्टिमेटम दिए पनि बेवास्ता भएपछि बुधबार ताला लगाइएको उनले बताए।

भूकम्प पश्चात जीर्ण बनेको धर्मशालालाई भत्काएर पछाडिको जग्गामा बनाउने र त्यसलाई धर्मशालाकै रुपमा प्रयोग गर्नुपर्ने स्थानीयको माग छ। २०७२ सालयता कुनै टेण्डर आह्वान नगरी भित्री रुपमा सम्झौता गरी आर्थिक हिनामिना गरेको आशंका समेत स्थानीयले गरेका छन्।

धर्मशालामा गेष्ट हाउस सञ्चालन भएपछि मनकामनामा आउने योगी, तपस्वी, साधुसन्त तथा दुखी, गरिब, असहाय भक्तजन नजिकैको पाटी र परेवाका लागि बनाइएको परेवाघरमा रात कटाउन बाध्य छन्।

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु