काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उत्तीर्ण संख्या घटेपछि शिक्षक लाइसेन्सको ढाँचा परिर्वतन गरिँदै

10.21K
shares

सरकारले शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षाको ढाँचा परिवर्तन गर्ने तयारी भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक लाइसेन्स परीक्षा र शिक्षक स्थायी दरबन्दीको प्रतियोगितात्मक परीक्षामा विज्ञापन गरिएको कोटाभन्दा कम परीक्षार्थी मात्रै उत्तीर्ण हुन थालेपछि दाँचा परिर्वतन गर्न लागेको हो ।

विश्वविद्यालयको शैक्षिक गुणस्तरमा पनि प्रश्न उठेको र लाइसेन्स परीक्षामा अधिकांश परीक्षार्थी अनुत्तीर्ण हुन थालेपछि आयोगले परीक्षाको ढाँचा परिवर्तन गर्न लागेको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले परीक्षार्थी अनुत्तीर्ण भई विषयगत शिक्षक अभावलाई दृष्टिगत गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सबै विषय अध्ययन गरेका विद्यार्थीले शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

संघीय शिक्षा ऐन र शिक्षक सेवा आयोग नियमावली संशोधन गर्नुपर्ने हुन्छ । संसद्को चालु बर्खे अधिवेशनमा ऐन संशोधन हुने संकेत देखिएको छैन ।

विश्वविद्यालय अनुदान आयोगका अनुसार शिक्षा विषयमा ९० प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयका छन् । त्रिविमा सबैभन्दा कम परीक्षार्थी उत्तीर्ण हुने संकाय शिक्षाशास्त्र हो । शिक्षाशास्त्रमा औसत २० प्रतिशत विद्यार्थी मात्र स्नातक तहमा उत्तीर्ण हुने गरेको विश्वविद्यालयको तथ्यांक छ ।

माध्यमिक तहमा वस्तुगत परीक्षामा प्रतिप्रश्न २ अंकका दरले ५० वटा प्रश्न सोध्ने गरिएको छ । भने, निमाविको अध्यापन अनुमतिपत्रमा पनि सोही व्यवस्था छ । प्राथमिक तहमा भने वस्तुगत र विषयगत प्रश्न सोध्ने व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।

आयोगले अध्यापन अनुमतिपत्रका लागि वस्तुगत परीक्षा प्रणाली अपनाउँदै आएको छ । आयोगले वस्तुगत प्रश्नलाई परिमार्जन गर्ने या अन्य कुनै मोडल अपनाउने भन्ने विकल्पमा छलफल गरिरहेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए ।

माध्यमिक तहको नतिजा निकाल्दा विद्यार्थी आयोगको परीक्षामा किन अनुत्तीर्ण भए भनेर विश्वविद्यालयको नीति तथा अनुसन्धान प्रतिष्ठानमा लेखेर पठाएको उनले बताए ।

शिक्षक सेवा आयोगले २०७७ सालमा लिएको लाइसेन्स परीक्षामा ८ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए । आयोगको तथ्यांकअनुसार २०७७ असारमा सार्वजनिक गरेको प्राथमिक तहको परीक्षामा ६६ हजार ५६२ परीक्षार्थीमध्ये ३ हजार ८८३ जना मात्र उत्तीर्ण भएका थिए । २०७९ असार १८ गते आयोगले सञ्चालन गरेको माविको अध्यापन अनुमतिपत्र परीक्षामा ५५ हजार ६४१ ले आवेदन दिएका थिए। त्यति बेला २३ हजार १६ परीक्षार्थी उत्तीर्ण भएका थिए ।

२०७९ साउन २८ गते लिइएको निमावि लाइसेन्सको परीक्षामा १८.२६ प्रतिशत उत्तीर्ण भएका थिए । परीक्षामा सहभागी १ लाख ८१ हजार ५६९ जनामध्ये ३३ हजार १५८ जना मात्र उत्तीर्ण भएका थिए ।

शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार तीन हजारभन्दा बढी शिक्षण संस्थामा शिक्षा विषय पढाइ हुन्छ । भने, कक्षा ११ मा शिक्षा विषय पढ्न वार्षिक एक लाखभन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।

विश्वविद्यालयको शैक्षिक गुणस्तरमा सुधार नगरी नेपालको शैक्षिक प्रणाली सुधार नसकिने काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन एवं शिक्षाविद् प्राडा बालचन्द्र लुइटेलले बताएका छन् । विश्वविद्यालयबाट राम्रो नम्बरसहित डिग्री हासिल गरेका विद्यार्थी सेवा प्रवेशका लागि लिने परीक्षामा असफल हुनु भनेको विश्वविद्यालयको शैक्षिक गुणस्तरमाथि प्रश्न उनको उनले बताए ।

आयोगको मूल परीक्षामा पनि अनुत्तीर्ण हुनेको दर बढे पछि आयोगले २०७८ चैत ६ गते पाठ्यक्रम तथा परीक्षा प्रणाली परिमार्जन गरेको थियो। तर परीक्षा प्रणाली परिवर्तन गर्दैमा नतिजामा सुधार आएको छैन । त्रिविका आंगिक र सम्बन्धन प्राप्त गरी ६ सयभन्दा बढी क्याम्पसमा शिक्षाशास्त्र संकायमा अध्यापन हुन्छ । सबै क्याम्पसको विद्यार्थी उत्र्तीण संख्या कम छ ।