गृहपृष्ठ किन बग्छ सेतो पानी ? यस्ता छन् समाधानका उपाय

किन बग्छ सेतो पानी ? यस्ता छन् समाधानका उपाय

किन बग्छ सेतो पानी ? यस्ता छन् समाधानका उपाय

सामान्यतया सबै महिलाहरूले सेतो बगेको अनुभव गरेका हुन्छन् । महिलाहरुमा सेतो पानी धेरै ठूलो समस्या होइन तर कतिपय अवस्थामा यो सामान्य नहुन पनि सक्छ, महिलाहरुले प्राय अनुभव गरीरहने कुरामा बारेमा सही जानकारी हुनुपर्दछ । कहिलेकाहीँ सामान्य लाग्ने समस्याले पनि जटिल रुप लिन सक्छ ।

सेतो पानी बग्ने महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्मकालाई हुन गर्छ । सामान्यतया : प्रजनन उमेर समूह उमेरदेखि ४९ वर्ष उमेरसम्मका महिलाहरुमा हुन सक्ने प्राकृतिक र सामान्य चक्र हो सेतोपानी । महिलाको प्रजनन अंगको सफाइ गर्ने प्राकृतिक प्रक्रिया हो ।

संक्रमणहरुबाट यौनाङ्गलाई बचाउने काममा सहयोग गरिरहेको हुन्छ । यो योनिबाट सेतो पानी आउने प्राकृतिक प्रक्रिया हो । तर जब यो पानी बाक्लो र दुर्गन्धित हुन थाल्छ,तब सेतो पानीको समस्यालाई बेवास्ता गर्न नहुने प्रसुती रोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी बताँउछिन् ।

सेतो पानी भनेको के हो ?

सेतो पानी ,हाई डिस्चार्ज, यसलाई ल्युकोरिया पनि भनिन्छ, योनिबाट निस्कने प्राकृतिक शारीरिक प्रक्रिया हो । यो सामान्यतया पातलो र थोरै टाँसिने लाखल्को हुन्छ । महिनावारी हुनुअघि वा महिनावारी अनियमित हुँदा प्रायः महिलाहरू चिडचिडा र तनावग्रस्त हुने हुन्छन् । यसबाहेक कतीपय यौन जीवनलाई लिएर पनि तनावमा रहन थाल्छन् ।

साथै, तिनीहरूको हर्मोन पनि असंतुलन हुन्छ । फलस्वरूप महिलामा सेतो पानी आउन थाल्छ । यो सामान्यतया पानी जस्तै पारदर्शी हुन्छ । यद्यपि, कहिलेकाहीँ यो बाक्लो, अनौठो रङ र गन्धहीन पनि हुन्छ, जसलाई ल्युकोरिया भनिन्छ । यस रोगबाट पीडित महिलाहरुको योनिबाट ठूलो मात्रामा सेतो दुर्गन्धयुक्त पानी निस्कन्छ, जसलाई योनि डिस्चार्ज भनिन्छ ।

डिस्चार्जका प्रकारहरु ?

१. सेतो रंगको डिस्चार्ज : महिलामा सेतो रंगको पानी हुनु एक प्रकारको सामान्य समस्या हो । सामान्यतया, धेरै महिलाहरूलाई महिनावारी अघि सेतो डिस्चार्ज हुन्छ ,तर यसमा डराउनु पर्ने अवस्था नभएपनि यदि यसले जलेको वा चिलाउने र दुर्गन्धित पानी उत्पन्न गर्छ भने, संक्रमण भएकोे हुनसक्छ ।

२. पहेँंलो डिस्चार्ज : धेरै महिलालाई सेतोको सट्टा पहेँलो पानी पनि हुने गर्छ । यो पटक्कै सामान्य होइन । पहेंलो डिस्चार्ज कुनै पनि ब्याक्टेरिया संक्रमणको लक्षण हो । पहेँलो स्राव यौनसम्पर्कबाट हुने रोगलाई पनि संकेत गर्छ ।

३. हरीयो डिस्चार्ज : हरियो डिस्चार्ज हुनु सामान्य होइन तर धेरै महिलाहरु यो समस्याबाट गुज्रनु पर्ने हुन्छ । महिलाको योनिमा अत्यधिक हरियो पानी भएमा ब्याक्टेरियाको संक्रमण र यौन संक्रमण जस्ता समस्या हुन सक्छन् । ट्राइकोमोनियासिस एक प्रकारको संक्रमण हो जुन संभोगबाट उत्पन्न हुन्छ र यदि यो समस्या छ भने, तुरुन्तै स्त्री रोग विशेषज्ञको उचित सल्लाह लिनुपर्छ ।

४. खैरो डिस्चार्ज : धेरैको योनिबाट सेतो पानी महिनावारी आउनुअघि र महिनावारी सकिएपछि निस्कन्छ । यो सामान्यतया अनियमित महिनावारी समस्या भएका मानिसहरूमा हुन्छ । रजोनिवृत्तिले मध्यम उमेरका महिलाहरूलाई पनि खैरो डिस्चार्ज हुन्छ । तर, यदि ब्राउन डिस्चार्जको समस्या बढ्दै गएको छ भने यो खतराको संकेत पनि हुन सक्छ । यस्तो अवस्थामा स्त्री रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

५. हरियो डिस्चार्ज : हरियो डिस्चार्ज हुनु सामान्य होइन तर धेरै महिलाहरु यो समस्याबाट गुज्रनु पर्ने हुन्छ । महिलाको योनिमा अत्यधिक हरियो पानी भएमा ब्याक्टेरियाको संक्रमण र यौन संक्रमण जस्ता समस्या हुन सक्छन् । ट्राइकोमोनियासिस एक प्रकारको संक्रमण हो जुन संभोगबाट उत्पन्न हुन्छ र यदि यो समस्या छ भने, तुरुन्तै स्त्री रोग विशेषज्ञको उचित सल्लाह लिनुपर्छ ।

कुनै पनि अवस्थामा सामान्य मात्राभन्दा अलि बढी नै सेतो पानी बग्यो, त्यसको रंग सफा सेतो नभई अलि अलि गाढा पहेंला वा हल्का हरियो खालको भयो, त्यस्तो पानी बढी नै गन्हाउने खालको भयो र यौनाङ्ग चिलाउन थाल्यो भने त्यो सामान्य ल्युकोरिया नभई कुनै समस्याको लक्षण पनि हुन सक्छ । त्यसैले कुन ल्युकोरिया सामान्य हो र कुन ल्युकोरिया चाहिँ चिन्ता चासो लिनुपर्ने योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ ।

त्यसै गरी, गर्भवती भएको शुरुवाती चरणमा पनि त्यस्तो सेतो पानी अलि बढी नै बग्न सक्छ । त्यसो हुनुको मुख्य कारण पनि हर्मोनमा आएको परिवर्तन नै हो । ल्युकोरियाको त्यो स्थिति पनि सामान्य नै हो ।तर कुनै पनि अवस्थामा सामान्य मात्राभन्दा अलि बढी नै सेतो पानी बग्यो, त्यसको रंग सफा सेतो नभई अलि अलि गाढा पहेंला वा हल्का हरियो खालको भयो, त्यस्तो पानी बढी नै गन्हाउने खालको भयो र यौनाङ्ग चिलाउन थाल्यो भने त्यो सामान्य ल्युकोरिया नभई कुनै समस्याको लक्षण पनि हुन सक्छ ।

सेतो पानी वा ल्युकोरियाका लक्षणहरू :
१ यदि त्यहाँ बारम्बार ज्वरो आएमा वा र तापमान उल्लेखनीय रूपमा बढ्नु ।
२. पेटमा बेलाबेलामा असह्य पीडा भएमा ।
३. धेरै काम नगर्दा पनि थकाइ लागेमा ।
४ बारम्बार शौचालय जानु परेमा ।
५ सेतो र बाक्लो पानी जस्तो देखा परेमा ।
६. अचानक तौल घटेमा ।
७. दुई महिनावारीको बीचमा यौनसम्पर्क गर्दा पीडा भएमा र योनीबाट रगत बगेमा ।
८ योनि सधैं भिजेको भएमा र चिलाउने गरेमा ।
९. संभोगको समयमा योनि दुखेमा वा जलन भएमा ।
१० योनिबाट धेरै नराम्रो गन्ध आएमा ।

के कारणले सेतो पानीको समस्या निम्त्याउँछ ?

प्राइभेट पार्टमा सरसफाई नहुनु र यौन मार्गमा संक्रमण आदिका कारण योनिबाट सेतो पानी आउँछ । सेतो पानी एक समस्या हो, जुन धेरै मानिसहरूलाई थाहा छैन । त्यसोभएमा –ब्याक्टेरियल संक्रमण यसको प्रमुख कारण हो । महिलाहरुमा योनि संक्रमण को धेरै कारणहरु छन्। जस्तै असुरक्षित यौनसम्पर्क, सरसफाइको अभावमा पिसाबको लागि सार्वजनिक शौचालयको प्रयोगले सेतो पानीले समस्या निम्त्याउँछ । साथै अत्याधिक डाइटिङ, रोगी पुरुषसँग बन्धन, यौनसम्पर्कपर्छिे, अन्डरआर्मन्ट फोहोर र दिनहुँ नफेर्नु, पिसाबपछि पानीले योनी नधुनु वा पटक–पटक गर्भपतन गराउनु जस्ता कारणहरुले गर्दा पनि सेतो पानीको समस्याका निम्त्याउन सक्छ ।

के गोनोरिया रोग पनि सेतो पानीको समस्याको कारण हो ?

यो सामान्यतया यौन रोग हो । कहिलेकाहीँ पुरुष पार्टनरबाट कीटाणु तपाईंको शरीरमा बन्न सक्छ । असुरक्षित यौनसम्पर्क गर्ने मानिसलाई पनि यो समस्या हुने सम्भावना बढी हुन्छ । धेरै महिलाहरू विभिन्न रोगहरूको लागि विभिन्न एन्टिबायोटिक खान बाध्य छन् । एन्टिबायोटिकको अत्याधिक प्रयोगले हर्मोनमा धेरै प्रभाव पार्न सक्छ र योनिबाट पानी बग्न सक्छ । धेरै महिलाहरु अनिच्छित गर्भबाट बच्न दैनिक गर्भनिरोधक चक्की सेवन गर्छन् । यो चक्की नियमित खाँदा हर्मोन असन्तुलन हुन्छ र बेहोस हुने जस्ता धेरै शारीरिक समस्याहरु पनि देखा पर्दछन् । यसले सेतो पानीको समस्या पनि निम्त्याउन सक्छ ।

कसरी सावधानी अपनाउँने ?

धेरै महिलाहरूले आफ्नो योनि सफा गर्न साबुन प्रयोग गर्छन । साबुनमा धेरै रसायनहरू हुन्छन्, जुन नरम छालाको लागि हानिकारक हुन्छ ।साबुन प्रयोग गर्नुहुदैन । एकभन्दा बढी सेक्स पार्टनर पनि योन सम्बन्धमा रहनु हुदैन ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु