गृहपृष्ठ बैंकमा तरलता अधिक : किन प्रवाह हुदैन ऋण ?

बैंकमा तरलता अधिक : किन प्रवाह हुदैन ऋण ?

बैंकमा तरलता अधिक : किन प्रवाह हुदैन ऋण ?

अहिले बैंकमा लगानीयोग्य पूँजी (तरलता) बढ्दै गएको छ । केही समय अगाडि सम्म बैंकहरुका हाहाकार रहेको तरलता अहिले सहज बनेको छ । तर तरलता सहज भए पनि बैंकहरूले पूँजीकोषको दबाब र बजारको अवस्थाका आधारका कडाइ गर्दा कर्जा विस्तार हुन सकेको छैन ।

नेपाल बैंकर्स संघका अनुसार २०८० वैशाखसम्ममा वाणिज्य बैंकहरूको तरलता अनुपात ८४ दशमलव ८८ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ९० प्रतिशतसम्म तरलता अनुपात कायम गरी ऋण प्रवाह गर्न पाउने भएकाले साढे २ खर्ब हाराहारीमा ऋण प्रवाह गर्ने क्षमता छ । तर, बैंकहरूले कर्जा विस्तार गर्न सकेको छैनन् ।

चालू आर्थिक वर्ष (आव) को वैशाखसम्म वाणिज्य बैंकहरूले २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब २३ अर्ब ७७ करोड रुपैयाँ मात्र ऋण प्रवाह गरेका छन् । निक्षेपको तुलनामा ऋण प्रवाह नहुँदा बैंकहरूमा तरलताको अवस्था सहज देखिएको संघले जानकारी दिएको छ ।
अहिले बैंकहरुले पर्याप्त तरलता भएपछि सरकारलाई ऋण दिन तयार भईरहेका छन् ।

तर व्यवसायीहरु भने ऋण लिन नसक्ने अवस्थामा रहेको बताउछन् । व्यवसायमा भएका मन्दीका कारण आफूहरुले आँट गरेर ऋण लिन नसकेको कुरा बताउदै आएका छन् । २०७९ असार मसान्तमा ५१ खर्ब ५९ अर्ब रहेको बैंकहरुको कुल निक्षेप ३ असार २०८० मा आउँदा ४ खर्ब १४ अर्बले वृद्धि भएर ५५ खर्ब ७३ अर्ब पुगेको हो ।

सोही अवधिमा कर्जा लगानी भने १ खर्ब ४१ अर्ब मात्रै वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । २०७९ असार मसान्तमा ४७ खर्ब १४ अर्ब १४ करोड रहेको कुल कर्जा लगानी ३ असार २०८० मा ४८ खर्ब ५५ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपको तुलनामा कर्जा लगानी कम हुँदा बैंकिङ प्रणालीमा तरुलता सहज भएर अधिक तरलताको अवस्था आउने लागेको हो । ३ असारको तथ्याङ्कअनुसार बैंकिङ प्रणालीको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.८८ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहेको भन्दै बिहीबार १० अर्ब तरलता खिच्न खोज्दा बैंकहरुले २६ अर्ब रुपैयाँभन्दा धेरैको लागि आवेदन दिएका छन्।

राष्ट्र बैंकले १० अर्ब खिच्नको लागि आवेदन माग गरेको थियो। जसमा ९ बैंक तथा वित्तीय संस्थाले ५९ वटा बोलकबोलमार्फत २६ अर्ब ३३ करोड रुपैयाँको लागि आवेदन दिएका थिए।

राष्ट्र बैंकले एक साताको लागि उक्त रकम तान्न खोजेको थियो । अहिले बैंकहरुमा निक्षेप बढ्दै जाँदा अधिक तरलता रहेको छ। बैंकिङ्ग प्रणालीमा सिआरआर बाहेक २० अर्ब रुपैयाँ अधिक तरलता रहेको जनाएको छ।

पछिल्लो समय कर्जा लगानी कम हुँदा बैंकहरुको सिडि रेशियो ८४ प्रतिशतभन्दा तल झरीसकेको छ। यसले गर्दा पनि बैंकहरुमा अधिक लगानीयोग्य रकम देखिन्छ । बैंकहरुलाई लगानीयोग्य रकम बैंकमै थुपारेर राख्नु भन्दा न्युन ब्याजदरमा भए पनि कुनै क्षेत्रमा लगानी गर्नु फाइदा हुन्छ। अहिले कर्जाको माग न्युन छ ।

तर बैंकहरुले दिने ऋण प्रवाहमा केही क्षेत्रा हद म्याद भएकाले पनि ऋण प्रवाह हुन नसकेको अनुमान लाउन सकिन्छ । अहिले व्यवसायीहरु पहिलेकै मारबाट बाहिर आउन सकेको छैनन् यस्तो अवस्थामा फेरी अर्को लोन लिन गाह्रो भएको पनि व्यवसायीहरुले बताएदै आईरहेका छन् ।

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु