काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टिभिएसले ल्यायो ‘नयाँ सफर बिना कर अफर’

5.31K
shares

नेपालमा सर्वाधिक रुचाइएको दुईपाङ्ग्रे सवारी साधन कम्पनी टिभिएसले नयाँ खरिदकर्तालाई लक्षित गरि ‘नयाँ सफर बिना कर अफर’ सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद बर्षको सडक कर र अर्को एक बर्षको सडक कर टिभिएस आफैंले तिर्नेछ । टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देशभित्रका सबै ठाउँ लागू गरिसकेको जनाएको छ । साथै, प्रयोगकर्ताहरु दुई बर्षको कर तिर्नु पर्ने झन्झटबाट मुक्त भएका छन् ।

यसबाहेक टिभिएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ, जसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ ।

जगदम्बा मोटर्स प्रा। लि नेपालमा टिभिएसका दुईपाङ्ग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १५० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, बिक्रीपश्चात उत्कृष्ट सेवा, देशभर जगेडा पार्टपुर्जाको उपलब्धता र उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित बन्न पुगेको हो ।