global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सानिमा बैंकद्वारा बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा बीमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दिर्घायू बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ ।

यस बैंकका खातावाला राम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक बीमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक राम हरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका थिए ।

राम माया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेकी थिइन् ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटिएम रहेको छ ।

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु