गृहपृष्ठ कोशी प्रदेशमा सत्ता संकट चुलिँदै
कोशी प्रदेशमा सत्ता संकट चुलिँदै
केन्द्रको गठबन्धनअनुसार छ वटै प्रदेश सरकार गठन भए पनि कोशी प्रदेशमा भने परिस्थिति प्रतिकुल बन्दै गइरहेको छ । सत्तागठबन्धनका दलहरुले एकपछि अर्को पार्टीले सरकार छाडेपछि कोशी सरकार यतिबेला संकटमा छ । एकातिर प्रदेश नामाकरण विवाद छ भने अर्कोतिर अन्यौलका कारण मध्यावधि निर्वाचन हुने अवस्था सृजना हुने हो की भन्ने विश्लेषकहरुको आकलन छ ।
कोशी प्रदेश सरकारले विश्वासको मत लिने समय नजिकिँदै गर्दा राष्ट्रिय राजनीतिले अर्कै मोड लिएपछि सरकार गठन अन्यौलमा पर्ने देखिएको छ । पछिल्लो समय प्रदेशको नामाकरणको विषयलाई लिएर दलहरुले सरकार छोड्ने र पहिचानवादीहरुले आन्दोलन गर्ने हेडवाजी नै चल्दा आगामी सरकारको बागडोर झन अन्यौलग्रस्त बनिरहेको छ ।
त्यसमा पनि वर्तमान सरकारले ल्याएको नामका विषयमा भएको विवादले भोलि अर्कोले राखेको नाममा पनि विवाद नआउला भन्न नसकिने विश्लेषण गरिएका छन् ।
कोशीमा वर्तमान सत्ता गठबन्धनमा नेकपा एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद रहेका छन् भने विपक्षी गठबन्धनमा नेपाली काँग्रेसको २९, माओवादी केन्द्रको १२, एकिकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक गरी ४६ जना नै सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक पर्दछ । त्यसका लागि सभामुख निर्णायक छन् ।
प्रकाशित समय : ०९:२९ बजे



















