गृहपृष्ठ नेपालीबाट पब्जी खेल्न ५ सदस्यीय टोली मकाउ प्रस्थान
नेपालीबाट पब्जी खेल्न ५ सदस्यीय टोली मकाउ प्रस्थान
पब्जी मोबाइल खेलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली आज मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले आज एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।
सुविनकुमार प्रजापति (रुल्ज)को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र संगीन भट्टराई (साङ) रहेका छन् ।
एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ । पब्जी मोबाइल यही असार ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित समय : ०९:०६ बजे



















