गृहपृष्ठ बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगे भारतीय प्रधानमन्त्री मोदी
बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगे भारतीय प्रधानमन्त्री मोदी
अमेरिकाको ४ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । बाइडेनलाई भेट्न उनी ह्वाइट हाउस पुगेका थिए ।
भारतीय विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेन, प्रथम महिला जिल बाइडेन र परिवारसँग भेटघाटका लागि ह्वाइट हाउस पुगेको जनाएको छ।
आज मोदी र अमेरिकी राष्ट्रपति जोए बाइडेनबीच भेट भई द्विपक्षीय वार्ता कार्यक्रम तय भएको छ।
वार्तामा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल हुने बताइएको छ।
मोदी मंगलबार अमेरिका पुगेका थिए।
प्रकाशित समय : ०८:५८ बजे



















