global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो  पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

अहिल उनको शव श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उनि दम रोगबाट पीडित थिए।

विसं २००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मेका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए। विसं २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित हुनुभएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा समेत कार्यभार सम्हालिसकेका थिए। कांग्रेस राजनीतिमा सादगी नेताका रुपमा परिचित थिए ।

उनका तीन छोरा र छोरी छन ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु