global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायत पठाउन नक्कली छोरा बनाएका पूर्व ब्रिटिश सैनिक पक्राउ

बेलायत पठाउन नक्कली छोरा बनाएका पूर्व ब्रिटिश सैनिक पक्राउ

बेलायत पठाउन नक्कली छोरा बनाएका पूर्व ब्रिटिश सैनिक पक्राउ

नक्कली नागरिकता बनाएर बेला बेलायत पठाउन खोज्ने एकजना पूर्वसैनिक पक्राउ परेका छन् । मोरङको लेटाङबाट बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो ।

मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै नागरिकता बनाईदिएको प्रहरीको आरोप छ । बेलायतमा बसोबास गर्नका लागि पठाउन भन्दै पैसा लिएर नागरिकता बनाइदिएको प्रहरीको दाबी छ ।

हालसम्मको अनुसन्धानमा तीन जनालाई नागरिकता बनाएको देखिएको छ । उनका अनुसार वृद्धका आफ्नै सन्तान भने दुई जना मात्रै छन् ।

प्रकाशित समय : ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु