गृहपृष्ठ जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा १२ बजे सुरु हुनेछ ।
बैठकमा यही असार १० गतेदेखि १२ गतेसम्म हुने विधान अधिवेशनको विषयमा छलफल हुने जसपाले जनाएको छ ।
विभिन्न समिति र संगठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागी हुनेछन् । जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् । केन्द्रीय सदस्यहरु विधान अधिवेशन आयोजक भएकाले उनीहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।
विधान अधिवेशन सुरु हुनुभन्दा एक दिन अगाडि (असार ९ गते) जसपाले राजनीतिक समिति र केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकका कार्यसूची आजको कार्यकारिणी समितिको बैठकले तय गर्नेछ ।
जसपाले विधान अधिवेशन र समसामयिक राजनीतिक परिस्थितिका विषयमा जानकारी दिन आजै पत्रकार सम्मेलनसमेत आयोजना गरेको छ । पत्रकार सम्मेलन बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।
प्रकाशित समय : ०८:४३ बजे



















