global ime bank Long Banner Ad

गृहपृष्ठ आईसीसी एकदिवसीय क्रिकेटमा नेपाल र वेस्टइन्डिज भिड्दै

आईसीसी एकदिवसीय क्रिकेटमा नेपाल र वेस्टइन्डिज भिड्दै

आईसीसी एकदिवसीय क्रिकेटमा नेपाल र वेस्टइन्डिज भिड्दै

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्टइन्डिजको सामना गर्दैछ ।

वेस्टइन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समयअनुसार मध्यान्ह पौने १ मा शुरु हुनेछ ।

तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्टइन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो । नेपालले कुनै पनि विश्व विजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो ।

प्रकाशित समय : ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु