गृहपृष्ठ स्रोत नखुलेको ३३ लाख नगदसहित एक जना पक्राउ
स्रोत नखुलेको ३३ लाख नगदसहित एक जना पक्राउ
काठमाडौं महानगरपालिका- ६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको
पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका-४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा हुण्डी aकारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट
खटिएको प्रहरीले पसल तलासी गर्दा सोही पसलमा काम गर्ने गुरुङलाई उक्त नगदसहित
फेला पारी पक्राउ गरेको हो ।
पसल संचालक नाम्गेल भन्ने किंगा हाल फरार रहेकोले
प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : १२:४३ बजे



















