गृहपृष्ठ मिडलैन्डमा एनआरएनए नेताहरुको भ्रमण तीव्र
मिडलैन्डमा एनआरएनए नेताहरुको भ्रमण तीव्र
गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदका आकांक्षीहरु र तिनका सहयोगीहरुले मिडलैन्डको भ्रमण तीव्र बनाएका छन् । विगतका चुनावहरुलाई मध्यनजर गर्दै सक्रियता बढेको हो । मिडलैन्ड यस्तो एरिया हो जसले गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचनमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । संघको निर्वाचन इतिहासमा मिडलैन्डबाट जसले सहयोग पाउँदछन् त्यसैले चुनाव जितेका छन् । यसैकारणले पनि आकांक्षीहरुले मिडलैन्डको भ्रमण र लवीलाई तीव्र पारेका छन् ।
करिब ३० हजार हजारको नेपाली बसोबास रहेको मिडलैन्डमा मुख्यतया बाग्लुङ, गुल्मी र म्याग्दीका नेपाली आप्रवासीहरुको बाहुल्यता रहेको छ । यसकारणले पनि एनआरएनए युकेमा दुई दुई कार्यकालका उपाध्यक्ष र आगामी कार्यकालमा अध्यक्ष पदका आकंक्षी डा. नारायण दत्त कंडेलको मिडलैन्डमा निकट घनिष्टता रहेको छ । डा. कंडेल बाग्लुङका आप्रवासी हुन् । डा. कंडेल M25 को घेरा भित्रमात्र सिमित रहेको संघलाई बाहिर लैजाने कामको नेतृत्व गरेका व्यक्ति हुन् ।
त्यसैगरी अध्यक्ष पदका आंकक्षी दिनेश घिमिरेले पनि प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष तुङगाभद्र भुषालको साथमा मिडलैन्डमै डेरा जमाएर बसेका छन् । आफ्नो प्रभाव क्षेत्र नभएपपनि राजनैतिक नारा दिइ भेटघाट र प्रचारमा ब्यस्त रहेका छन् ।
अध्यक्ष पदका अन्य आकांक्षीहरु हितकाजी गुरुङ, एलबिजेड गुरुङ र अमन गौचनले पनि मिडलैन्डलाई नै चुनावमा तुरुफको एक्का सम्झी मिडलैन्डको भ्रमण गरिरहेका छन् । तिनै जनाले मिडलैन्डलाई पहिलो प्राथमिकतामा राखि आफ्नो भ्रमण तालिका बनाएका छन् ।
मिडलैन्डलै गैरआवासीय नेपाली संघ बेलायतको समयसमयको कार्यसमितिमा दर्जन भन्दा बढी संघलाई विचार र समय दिन सक्ने योग्य र क्षमतावान् व्यक्तिहरुलाई पठाउने काम गरी सकेको छ ।
वर्तमान युरोप उपसंयोजक दयानिधी सापकोटा, मानार्थ सदस्य एवं नेता रणबहादुर केसी, उपाध्यक्ष गोविन्द खरेल, प्रवक्ता शशांक शर्मा, सचिव तारानाथ भण्डारी र बिष्णु चालिसे मिडलैन्डका उदहारणिय पात्र हुन् । त्यस्तै केन्द्रिय सदस्यहरु कृष्ण ढकाल र महेश अधिकारी, राज्यसमितिका महासचिव रामप्रसाद पन्थीलगायत संघ बेलायतका कार्यसमितिका पूर्व कोषाध्यक्ष शंकर भण्डारी सहकोषाध्यक्ष उपेन्द्र पौडेल, समय समयका कार्यसमितिका सदस्यहरु कृष्ण गुरुङ, केशव भण्डारी, भीम सारु, कृष्णप्रसाद शर्मा, राजेशमणि लामिछाने, दिपक सापकोटा, कृष्ण खरेल, नारायण फुयाल, पवन शर्मा, भानु घिमिरे, पदम शाही, चम्पा थापा, राजु कंडेल, पशुपती पोखरेल, किशोर लामिछाने र गुञ्जेश्वर न्यौपाने गैरआवासीय नेपाली संघ बेलायतमा प्रभाव पार्ने सक्ने व्यक्ति हुन् । उनीहरुलाई मिडलैन्डका उदाहरणीय पात्रका रुपमा चिनिँदै आइएको छ ।
प्रकाशित समय : १२:३८ बजे

















