गृहपृष्ठ ‘सिएनएनको सूची’ र नेपाल
‘सिएनएनको सूची’ र नेपाल
निनाम लोवात्ती/न्युज कारोबार
केही महिनाअघि अमेरिकाको समाचार संस्था ‘केबल न्युज नेटवर्क (सिएनएन)’ यो वर्ष (सन् २०२३ मा) घुम्नैपर्ने विश्वका विभिन्न २३ वटा उत्कृष्ट गन्तव्यस्थलहरुका बारेमा जानकारी दिएको थियो । सो जानकारीअनुसार सन् २०२३ मा घुम्नैपर्ने विश्वको पहिलो गन्तव्यस्थल अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा पर्ने ‘निगालु पेनिन्सुला’ भन्ने स्थल परेको छ । त्यस्तै गरेर सन् २०२३ मा विश्वमा घुम्नैपर्ने दोस्रो गन्तव्यस्थलमा पूर्वी युरोपमा पर्ने पोल्यान्डको राजधानी वार्सामा रहेको ‘बुटिक होटेल’ परेको छ । जुन होटलको नाम “होटल भर्टे” रहेको छ ।
स्मरणीय छ, पोल्यान्डको सो होटलको ढोका ‘गिल्डेड’ अर्थात् सुनको रहेको छ भने सो होटल गत अगस्ट (सन् २०२२) मा खोलिएको नयाँ भएको जनाईएको छ । जुन होटल ‘अटोग्राफ प्रपर्टी’को रुपमा पनि रहेको छ । त्यस्तै सन् २०२३ मा घुम्नैपर्ने तेस्रो गन्तव्यस्थलमा इङल्यान्डको लिभरपुल रहेको छ । त्यस्तै गरेर चौथो गन्तव्यस्थलमा अमेरिकाको साउथ क्यारोलिना राज्यको सार्लेटान–चार्लेटोन सहर परेको छ भने सन् २०२३ मा घुम्नैपर्ने पाँचौं गन्तव्यस्थलमा चाहिँ लिथुआनियको राजधानी भिलनिअस–बिनियुस परेको छ ।
उता सन् २०२३ मा घुम्नैपर्ने छैठौं गन्तव्यस्थलमा सयौं साना ठूला समुन्द्री टापु रहेको सानो देश फिजी परेको छ भने सन् २०२३ मा घुम्नैपर्ने सातौं गन्तव्यस्थलमा ब्राजिलको अमेजन क्षेत्रमा पर्ने मानाउस परेको छ । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने आठौं गन्तव्यस्थलमा ग्रिसको दोस्रो ठूलो सहर थेसालोनिकी–देसालोनिकी परेको छ । उता सन् २०२३ मा विश्वमा घुम्नैपर्ने नवौं गन्तव्यस्थल चाहिँ अफ्रिका महादेशको रुवान्डाको एक होटल ‘सेक्सानसियो रुवान्डा’ परेको छ । जुन होटल अफ्रिका महादेशकै ठूलो ताल ‘किभ–ुकिवु’ मा अवस्थित रहेको छ भने सन् २०२३ मा घुम्नैपर्ने १० औं गन्तव्यस्थलमा स्वीडेनको दोस्रो ठूलो सहर ‘गोथेन बर्ग’ परेको छ ।
त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने ११ औं गन्तव्यस्थलमा युनाईटेड अरब इमिरेट्स (युएई) को ‘रस अल–कैमाह’ परेको छ । यसरी हेर्दा सिएनएनले प्रकाशित गरेको सन् २०२३ मा घुम्नैपर्ने सूचीको १२ औं गन्तव्यस्थलमा एसिया महादेशको लाओस परेको छ ।
त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने १३ औं गन्तव्यस्थलमा स्वीटजरल्यान्डको ‘ग्रुयेँरेस–गु्रईएरेस’ परेको छ । जुन ठाउँ विश्वको उत्कृष्ट चिज उत्पादन हुने क्षेत्र पनि हो भने सन् २०२३ मा घुम्नैपर्ने १४ औं गन्तव्यस्थमा पनि अमेरिकाकै मिनोसेटा राज्यको मिनिअपोलिसमा रहेको एक ‘आदिवासी रेस्टुरेन्ट’ परेको छ ।
स्मरणीय के छ भने सो रेस्टुरेन्टमा आदिवासीका खाना (परिकार) हरु मात्रै उपलब्ध गराईन्छ । उता सन् २०२३ मा घुम्नैपर्ने १५ औं गन्तव्यस्थल चाहिँ दक्षिण अमेरिकी देश कोलम्बियाको राजधानी बोगोटा परेको छ । त्यस्तै सन् २०२३ मा घुम्नैपर्ने १६ औं गन्तव्यस्थल चाहिँ हाम्रै देश नेपालको ‘मुस्ताङ’ परेको छ भने सन् २०२३ मा घुम्नैपर्ने १७ औं गन्तव्यस्थमा अफ्रिका महादेशमा रहेको तान्जानिया परेको छ ।
त्यस्तै गरेर सन् २०२३ विश्वमा घुम्र्नैपर्ने १८ औं गन्तव्यस्थल इजिप्टको राजधानी कायरो परेको छ । उता विश्वमा घुम्नैपर्ने १९ औं गन्तव्यस्थलमा जापानको ‘नओसिमा सहर’ परेको छ भनेदेखि सन् २०२३ मा विश्वको घुम्नैपर्ने २० औं गन्तव्यस्थलमा बेलिज परेको छ । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने २१ औं गन्तव्यस्थलमा उत्तर अमेरिकी महादेशको मेक्सिोको ‘ओक्साका सहर’ परेको छ । उता सन् २०२३ मा विश्वमा घुम्नैपर्ने २२ औं गन्तव्यस्लमा क्यानाडाका ओटावा सहर परेको छ । र सन् २०२३ मा घुम्नैपर्ने गन्तव्यस्थलको अन्तिम अर्थात् २३ औं स्थानमा चाहिँ अफ्रिका महादेशको युगान्डा परेको छ ।
हुनत मुस्ताङ जिल्ला एक भए तापनि भूगोलको आधारमा मुस्ताङ जिल्लालाई तल्लो र माथिल्लो गरेर दुई भागमा विभाजन गरेर हेर्ने गरिन्छ । जस्तो कि, घासादेखि माथि कागबेनी र मुक्तिनाथ क्षेत्रसम्मका क्षेत्रलाई तल्लो मुस्ताङ भनी चिन्ने गरिन्छ भने कागबेनी र मुक्तिनाथ क्षेत्रमाथि चीनको स्वशासित क्षेत्र तिब्बतको सीमासम्मका क्षेत्रलाई ‘माथिल्लो मुस्ताङ’ भनी चिनिन्छ । खासमा ‘तल्लो मुस्ताङ’को त तल्लो मुस्ताङ भनेपछि नाम सकिजान्छ, अर्को नाम खासै छैन ।
तर ‘माथिल्लो मुस्ताङ’को नाम भने अनेक रहेका छन् । जस्तै ‘ल्हो मन्थाङ, लो मन्थाङ, फोरबिड्डन किङ्डोम, हिडेन किङ्डोम, मड सिटी, लस्ट किङ्डोम, अप्पर मुस्ताङ, प्याराडाईज मुस्ताङ’ आदि नामले चिनिन्छ, ‘माथिल्लो मुस्ताङलाई नेपालका अन्य केही हिमाली क्षेत्रझैं निषेध गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकहरुका लागि खुल्ला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) चारसय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए ।
त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकहरुको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक पुग्यो । अर्थात् उक्त वर्ष १,०६६ जना विदेशी पर्यटकहरुले माथिल्लो मुस्ताङको भ्रमण गरे । तर दूर्भाग्य, यो क्रम लामो समयसम्म जारी रहन सकेन । सन् १९९९ मा १,०५७ जनाले भ्रमण गरे । त्यसपछि देशमा चलेको हिंसा प्रतिहिंसा (सरकार–तत्कालीन विद्रोही माओवादीबीच) सँगै मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकहरुको संख्या पनि घट्न थाल्यो । यसरी सन् २००० देखि पुन माथिल्लो मुस्ताङ जाने पर्यटकहरुको संख्या तीन अंकमा झर्यो ।
यो क्रम सन् २००६ सम्म जारी रह्यो । २०६२/२०६३ मा आएको परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १,१५७ जना विदेशी पर्यटकहरुले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा त स्थानीयवासीहरु नै आश्चार्य चकित हुने गरी विदेशी पर्यटकहरु माथिल्लो मुस्ताङको भ्रमणमा आए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २,१९४ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरे ।
भगौलिक बनावटको हिसावले हेर्दा चीनको स्वशासित क्षेत्र तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै रहेको छ । त्यतिमात्रै होइन, उनीहरुको धर्म, भाषा, वेषभुषा, चालचलन, रहनसहन, संस्कार, संस्कृति, रीतिरिवाज, लवाई, खवाई, परम्परागत कानुन आदि पनि मिल्दोजुल्दो छ । त्यस्तै गरेर पशुपालन पालन गर्ने तरिका जस्तो कि घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका उही छ, खेती गर्ने तरिका उही छ । अझ माथिल्लो मुस्ताङको तिब्बतभन्दा पृथक पहिचान के छ भने माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्राचीन गुफाहरु प्रशस्तै रहेका छन् । जहाँ प्राचीन समयमा मानव वस्ती रहेको भनी विभिन्न अनुसन्धानबाट पत्ता लागी सकेको छ ।
जसले गर्दाखेरि विदेशी पर्यटकहरु माथिल्लो मुस्ताङमा बढी भन्दा बढी आउन चाहन्छन् । अरु क्षेत्र हेरी माथिल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकका लागि राजस्व दर अलि महँगो भएकोले गर्दा सबै खालका विदेशी पर्यटकहरु माथिल्लो मुस्ताङ जान सक्दैनन् । तापनि माथिल्लो मुस्ताङका विभिन्न स्थानमा रहेका प्राचीन गुफाहरु, प्राचीन समयमा मानव वस्ती रहेको भन्ने प्रमाणित भएको छ । मुस्ताङ क्षेत्रमा रहेका ती प्राचीन गुफाहरु मुस्ताङवासीहरुका लागि मात्रै नभएर नेपाली पर्यटन उद्योग र पर्यटन व्यवसायमा आश्रित रहेका व्यवसायीहरुका लागि पनि गर्व गर्न लायक ‘स्मारक’ वा भनौं ‘बहुमूल्य नीधि’को रुपमा रहेको छ ।
प्रकाशित समय : १२:३५ बजे



















