गृहपृष्ठ साना किसान र आरएमडिसी लघुवित्तले पाए मर्जरको स्वीकृति
साना किसान र आरएमडिसी लघुवित्तले पाए मर्जरको स्वीकृति
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ ।
यी दुई कम्पनीले जेठ ३० गते गाभ्नगाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि संयुक्तरूपमा बोर्डमा निवेदन दिएका थिए ।
नेपाल राष्ट्र बैंकले जेठ २४ गते यी दुई कम्पनीलाई एक आपसमा गाभिने अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।
साना किसान र आरएमडीसी लघुवित्तले गत भदौ ३१ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनीले १ः०.८७ शेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका हुन् ।
प्रकाशित समय : १२:०९ बजे



















