global ime bank Long Banner Ad

गृहपृष्ठ उपकार लघुवित्तले बाड्यो ६१ प्रतिशत बोनस

उपकार लघुवित्तले बाड्यो ६१ प्रतिशत बोनस

उपकार लघुवित्तले बाड्यो ६१ प्रतिशत बोनस

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८र७९ को मुनाफाबाट वितरण गर्ने निर्णय गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

उक्त बोनस शेयर वितरणको प्रस्ताव कम्पनीले गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारणमार्फत पारित गरेको थियो । कम्पनीले चुक्ता पूँजी  ६ करोड ५६ लाख २५ हजारको आधारमा ६१ दशमलव ७५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि फागुन ४ गते एक दिन बुक क्लोज गरेकाले फागुन ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । धितोपत्र दोस्रो बजारमा कम्पनीले असार ३ गते बोनस शेयर सूचीकृत गराएको थियो ।

असार ४ गतेदेखि नै कारोबारयोग्य भएको उक्त बोनस शेयर हितग्राही खातामा प्राप्त गरिसकेका शेयरधनीहरूले कारोबार गर्न सक्नेछन् ।

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु