global ime bank Long Banner Ad

गृहपृष्ठ कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न प्रदेशमा मौसम परिवर्तनशील बनेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ। अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भाग, लुम्बिनी प्रदेशको हिमाली भू–भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर (हट वेभ) तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बादल लाग्नेछ भने अन्य हिमाली तथा पहाडी क्षेत्र र कोशी प्रदेशको तराईमा आंशिक बादल रहनेछ। बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाले कोशी र मधेश प्रदेशको तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित समय : ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु