गृहपृष्ठ आज प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयको बजेटमाथि छलफल हुने
आज प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयको बजेटमाथि छलफल हुने
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथिको छलफल सकिएको थियो ।
प्रकाशित समय : ०८:३८ बजे



















