global ime bank Long Banner Ad

गृहपृष्ठ भुटानविरुद्ध फाइनलमा पुग्ने नेपालको लक्ष्य

भुटानविरुद्ध फाइनलमा पुग्ने नेपालको लक्ष्य

भुटानविरुद्ध फाइनलमा पुग्ने नेपालको लक्ष्य

माल्दिभ्समा जारी फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनलमा भुटानसँग खेल्दैछ ।

लिग चरणको पहिलो खेलमै भुटानसँग पराजित भएको नेपालका लागि त्यो हारको बदला लिने अवसर छ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

भुटानसँग पराजित भए पनि नेपालले त्यसपछि लगातार तीन खेल जित्दै लिग चरणको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले ७ अंक जोड्दा भुटानले ६ अंक जोडेर चौथो भएको थियो ।

च्याम्पियनसिपमा लिग चरणमा नेपाल भुटानसँग ६१–५५ ले पराजित भएको थियो । तर त्यसपछि नेपालले पाकिस्तानलाई ६६–६२ ले हराएर पहिलो जित दर्ता गर्‍यो । तेस्रो खेलमा बंगलादेशलाई ९०–६१ को फराकिलो अन्तरले हराएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्सलाई ७५–६८ ले पराजित गरेको थियो ।

प्रकाशित समय : ०७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु