काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्याज महँगो मूूल्यमा बेचे विभागले कारबाही गर्ने

8.32K
shares

प्याजको मूल्यमा अत्याधिक वृद्धि भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय संरक्षण विभागमा गुनासो आएपछि विभागले आपुती जनाएको छ ।
शुक्रबार एक सुचना जारी गर्दै विभागले बजारमा प्याजको मूल्य अत्याधिक वृद्धि भएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

‘केही दिनदेखि बजारमा प्याजको मूल्य अत्याधिक वृद्धि भएको भनि पत्रपत्रिकामा प्रकाशित समाचार एवं यस विभागमा आएका गुनासोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले निकालेको सुचनामा भनेको छ, ‘बजारमा प्याजको मूल्यमा अस्वाभाविक उतार चढाव महसुस हुनासाथ विभागले सतर्कतापूर्वक बजारको आपूर्ति प्रणाली अध्ययन÷अनुगमन गरिरहेको छ ।’

आगामी आर्थिक वर्ष ०८०/८१ का लागि पेस भएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा नियमितरूपमा आपूर्ति भइरहेको वस्तुको स्वाभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको समेत विभागले भनेको छ ।

उपभोक्ताको दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आवद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा विक्रेता सबैले उपभोक्ता संरक्षण ऐन, २०७५ ले तोकिदिएको दायित्व वहन गर्दै पारदर्शी तवरबाट आ–आफ्नो व्यवसाय सञ्चालन गर्न कानुनबमोजिम बिल बिजक जारी गरी कारोबार गर्न सुझाव दिएको छ ।

‘विभागबाट अनुगमनको क्रममा कानुनले तोकिदिएको दायित्व पुरा नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कारबाही हुने छ’ विभागले भनेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रस्तुत गरेको बजेटमा १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य वृद्धि भएको हो ।

आलु, प्याजको आयतमा ९ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर थियो लाग्दै आएको थियो । जेठ २१ गतेदेखि आलु तथा प्याजको आयात बन्द गरेको बाहिरबाट प्याज आयात गर्ने व्यवसायीले दाबी गरेका छन् ।

तर, बजारमा जेठ १५/१६ गतेसम्म कालीमाटीमा प्याज प्रतिकेजी ३२÷३५ रुपियाँमा कारोबार भएकामा २१ गते प्रतिकेजी ५० रुपियाँ र २२ गते ६० रुपियाँमा किनबेच भएको थियो । कालिमाटीभित्रै एक हप्तामै प्याजको मूल्य दोब्बरले वृद्धि भएर प्रतिकेजीकै ११० देखि ११५ रुपियाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । कालीमाटीबाहिरका खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १२५ रुपियाँदेखि १४० रुपियाँसम्म छ ।