काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनुषाका शिक्षा प्रमुख शर्मालाई दलियो कालोमोसो

6.57K
shares

भ्रष्टाचार गरेको आरोप लगाउदै शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो दलिएको छ ।

शुक्रबार दिउँसो करिब एक दर्जनको समूहमा अज्ञात युवाहरू इकाईको कार्यालय पुगी प्रमुख शर्मालाई कालोमोसो दलेका हुन् । कालोमोसो दल्नेहरूको पहिचान भने खुल्न सकेको छैन । प्रमुख शर्मालाई कालोमोसो दलेर युवाहरुले भ्रष्ट इकाई प्रमुख मुर्दावादको नारा लगाएर कार्यालयबाट बाहिरिएको जनाइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले घटनाको बारेमा जानकारी आएको र अनुसन्धान भईरहेको बताए । उनले कालोमोसो दल्नेहरूको खोजी कार्य भईरहेको जनाए ।

शिक्षक सरुवा, पदस्थापना लगायतको कार्यमा घुस खाएको भन्दै शर्मालाई कालोमोसो दलिएको स्रोतले जनाएको छ ।