काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पुटिनले बेलारुसमा पठाए आणविक हतियार

7.1K
shares

रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ। अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलोपटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए ।

मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दूरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भने, ‘मेरो अमेरिकासँग लड्ने योजना छैन, रणनीतिक हतियार मात्र हाम्रो लागि ठीक छ।’ इस्कान्डर रकेटको दायरा ५०० किलोमिटर वा सोभन्दा बढी रहेको उनले बताए ।

लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा रहेका छन्। फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणको लागि बेलारुसले रुसका लागि लन्चप्याडको भूमिका खेलेको थियो।

रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू तैनाथ गरिरहेको छ । यसको दायरामा पोल्याण्ड र बाल्टिक देशहरू आउँछन्।