global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानन्यायाधीशमा कार्की नियुक्त, आजै ५ बजे शपथ ग्रहण

प्रधानन्यायाधीशमा कार्की नियुक्त, आजै ५ बजे शपथ ग्रहण

प्रधानन्यायाधीशमा कार्की नियुक्त, आजै ५ बजे शपथ ग्रहण

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै अपराह्न सवा ५ बजे शपथ ग्रहण आजै राष्ट्रपतिको कार्यालयले जनाएको छ।

संसदीय समितिले अनुमोदन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्ति दिने व्यवस्था अनुसार उनलाई प्रधानन्यायाधीश नियुक्त गरिएको हो। समितिको बैठकमा कार्कीविरुद्ध परेका २९ उजुरीबारे समितिका सदस्यले प्रश्न गरेका थिए।

२०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएपछि सर्वोच्चको नेतृत्व कामु प्रधानन्यायाधीशको भरमा चलेको थियो।

कार्की २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। त्यसअघि उनी २०६८ असोजमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता नियुक्त भएका थिए। कार्कीलाई आजै बिहान मात्र संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो।

प्रकाशित समय : १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु