गृहपृष्ठ ताहाचल सरेका कारण आज साँझ विभागको वेबसाइटमा समस्या हुने
ताहाचल सरेका कारण आज साँझ विभागको वेबसाइटमा समस्या हुने
बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागले आज असार १ गतेदेखि ताहाचलबाट सेवा दिन थालेको छ । असार १ गते बेलुका सर्भर तथा अन्य उपकरणहरू सार्ने भएकाले वेबसाइटमा समस्या आउन सक्नेछ । विभागले आज बेलुका सेवाग्राहीलाई अनलाइनबाट काम नगर्न आग्रह गरेको छ ।
सेवाग्राहीको चाप बढी हुँदा ठाउँ अभाव भएको भन्दै बुद्धनगरमा रहेको विभागको कार्यालय वैदेशिक रोजगार कार्यालय ताहाचल परिसरमै सरेको विभागले जनाएको छ ।
यसका साथै सिस्टमबाट इमेलमा प्राप्त हुने ओटिपी समेत प्राप्त हुने छैन । यो समयमा एसएमएसबाट भने ओटिपी कोड लिन सकिने छ ।विभागको वेबसाइट र वैदेशिक रोजगार कार्यालयको वेबसाइटबाट आंशिक तथा पूर्ण रूपमा अवरुद्ध हुन सक्ने विभागले जनाएको छ ।
प्रकाशित समय : १५:०१ बजे



















