गृहपृष्ठ आत्मनिर्भर हुन साढे ३ सय लिटर मात्रै दुध अपुग
आत्मनिर्भर हुन साढे ३ सय लिटर मात्रै दुध अपुग
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार नेपालमा दैनिक करिब साढे ७ करोड रुपैयाँ दुग्यजन्य कारोवार हुने गरेको छ ।
हाल नेपालमा दुग्ध उद्योगहरूको स्थापना हुने क्रम पनि बढिरहेको बोर्डले जनाएको छ । दुध उत्पादन बढेसँगै यो क्षेत्रमा रोजगाररप समेत बृद्धि भइरहेको बोर्डले जनाएको छ ।
दूधले कूल गार्हस्थ उत्पादनमा करीब ९ प्रतिशत योगदान दिएको छ । जुन धानपछिको दोस्रोे स्थानमा छ । कूल दूध उत्पादनमध्ये गाईको दूध ३८ प्रतिशतबाट ४२ प्रतिशत पुग्यो । जबकि भैँसीको कूल दूध भने सोही अनुपातमा घट्दो क्रममा रहेको छ ।
नेपाल पशुपन्छी डायरी २०२३ का अनुसार आर्थिक वर्ष २०७६–०७७ मा १३ लाख ८० हजार ६ सय मेट्रिक टन भैँसीको दूध उत्पादन भएको थियो । जबकि सो अवधिमा १६ लाख ३५ हजारबढी दूध दिने भैँसीको संख्या थियो ।
नेपालमा कूल दूध उत्पादनमध्ये गाईको दूध ३८ प्रतिशतबाट ४२ प्रतिशतमा पुगेको बोर्डले जनाएको छ । दुग्ध क्षेत्रलाई व्यावसायीकरण, नाफामूलक, आधुनिकीकरण र औद्योगिकीकरणका रूपमा रुपान्तरण गर्दै दुग्ध क्षेत्रको बहुआयामिक अवसरलाई उपयोग हुँदै गएको कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले बताएका छन् ।
प्रतिव्यक्ति वार्षिक न्यूनतम ९२ लिटर दूध उपभोग गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्यलाई सरकारले पनि आत्मसाथ गरेको र हाल नेपालमा ७८ लिटर मात्र दूधको उपलब्धता हुँदै आएको उनले बताए । अपुग दूधको पूर्ति गर्न दुग्ध उत्पादनमा बृद्धि गर्नुपर्ने र व्यावसायिक रूपमा पशुपालन वृृद्धिका साथै दूधालु पशुमा नश्ल सुधार गरी दुध उत्पादनमा बृद्धि गर्नुपर्ने उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १५ देखि २० लिटर दूध उत्पादन हुँदा कम्तीमा २ जनाको रोजगारी सिर्जना हुने देखिन्छ । औपचारिक क्षेत्रमा पवेश गर्ने दूधको मात्रा ५५ ले मात्रै वृद्धि भएमा १६ हजार ९ सय ८५ जनाका लागि रोजगारी सिर्जना हुने देखिन्छ ।
हाल दूध तथा दुग्धजन्य पदार्थकोे माग तीव्र गतिमा वृद्धि भइरहेको छ । जसका कारण नेपालमा वार्षिक २४ लाख ७९ हजार ६९९ मेट्रिक टन उत्पादित हुनेगरेको छ । भने, दुग्ध क्षेत्रबाट ६ लाख जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित भएको पाइन्छ ।
हाल नेपालमा २४ लाख ७९ हजार १ हजार दुघको माग हुने गरेको छ । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने, नेपालमा दैनिक रूपमा ३ सय २८ लिटर दूध अपुग हुने गरेको पाइएको छ । भने, नेपालमा दैनिक रूपमा ९ सय ५५ लिटर दूधको बजार माग छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १५ देखि २० लिटर दूध उत्पादन हुँदा कम्तीमा २ जनाको रोजगारी सिर्जना हुने देखिन्छ । औपचारिक क्षेत्रमा पवेश गर्ने दूधको मात्रा ५५ ले मात्रै वृद्धि भएमा १६ हजार ९ सय ८५ जनाका लागि रोजगारी सिर्जना हुने देखिन्छ ।
कृषि उपजमध्येको आयात–निर्यातको तथ्यांक हेर्दा नेपाल व्यापार घाटामा रहेको देखिन्छ । दूध तथा दुग्ध पदार्थ कृषि उत्पादनको एक हिस्सा हो । नेपालले उक्त अवधिमा २ अर्ब ९७ करोड ९४ लाख ३८ हजार रुपैयाँको दूध तथा दुग्ध पदार्थ निर्यात गरेको छ भने १ अर्ब ८१ करोड ५५ लाख ३ हजार रुपैयाँका आयात गरेको भन्सार विभागको तथ्यांक छ । आ.व.२०७८÷७९ मा तुलनात्मक रुपमा अत्याधिक नाफा भएको पाइन्छ ।
दूध तथा दुग्ध पदार्थको आयात र निर्यातको तुलना गर्दा आ.व.२०७७÷०७८ मा व्यापार नाफा भएको देखिन्छ । दुग्ध क्षेत्रले पशुपालन क्षेत्रमा करिब ६६ प्रतिशत योगदान पु¥याएको छ भने करिब ३० लाख घर परिवार दूध उत्पादनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न रहेका छन् ।
यस्तै, दूध तथा दुग्ध पदार्थको नेपालले सदियौंदेखि व्यापार घाटा बेहोर्दै आएको पाइन्छ । विगतका वर्षदेखि छुर्पी निर्यातले झण्डै ३५ प्रतिशले व्यापार नाफा भएको छ । दूध तथा दुग्ध पदार्थको आयात र निर्यातको तुलना गर्दा आ.व.२०७७÷०७८ मा व्यापार नाफा भएको देखिन्छ ।
नेपालले उक्त अवधिमा २ अर्ब ९७ करोड ९४ लाख ३८ हजार रुपैयाँको दूध तथा दुग्ध पदार्थ निर्यात गरेको छ भने १ अर्ब ८१ करोड ५५ लाख ३ हजार रुपैयाँका आयात गरेको भन्सार विभागको तथ्यांक छ ।
त्यसपछि आव २०७८–०७९ मा आइपुग्दा दूध दिने भैँसीको संख्या बढेर १६ लाख ६६ हजार पुगे पनि दूध उत्पादन भने १४ लाख १९ हजारबढी मेटन मात्र भएको देखिन्छ । तर उक्त अवधिमा गाईको तुलना गर्ने हो भने आर्थिक वर्ष २०७६–०७७ मा ११ लाख ६६ हजार दूध दिने गाई भएकामा ९ लाख २० हजार मेटन मात्र दूध उत्पादन भएको तथ्यांक छ । तर आव २०७८–०७९ मा आइपुग्दा १२ लाख २३ हजार दूध दिने गाईबाट ११ लाख १ हजर मेटन दूध उत्पादन भएको छ ।
प्रकाशित समय : १४:४४ बजे



















