काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज बस्दै

5.4K
shares

राष्ट्रिय बिमा कम्पनीको वार्षिक साधारणसभा आज बस्दैछ । सभा अमृतभोग क्याटर्स प्रालिमा बिहान ११ बजे सुरु हुनेछ । साधारणसभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८–६९, २०६९–७० र २०७०–७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०–७१, २०७१–७२ र २०७२–७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ ।

यस पटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सानसम्बन्धी प्रस्तावहरु पनि पेस गरिँदै छ ।

यस्तै, सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।