काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अनुहारमा मुसा कसरी आउँछ ?

भूमिका बिष्ट/न्युजकाराेबार

20.08K
shares

शरीरका विभिन्न भागमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयले मुसाकै कारण शरीरका अंगहरु छोपेर हिड्ने गरेको पनि देखिन्छ ।

ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक संक्रमणबाट छालामा आउने रोगलाई हामी सामान्य भाषामा मुसा भन्छौं । मुसा आउनुलाई अंग्रेजीमा ‘वाट्स’ अथवा ‘भेरुका भल्गारिस’ पनि भनिन्छ ।

यसले किशोर र युवा वयस्कहरूलाई बढी असर गर्छ । हाम्रो छालाको कपाल फोलिकल्स तेल र मृत कोशिकाले भरिएपछि यो विकास हुने गर्छ । यसका सयौं प्रजातीका कारण शरीरका विभिन्न ठाउँमा मुसा पलाउने गर्दछ । सामान्यतया हात, खुट्टा वा गर्धनमा मुसा देखा पर्दछ । यसले सबैभन्दा बढी प्रभाव पर्ने ठाउँ अनुहार, घाँटी, छाती, काँध र माथिल्लो हातहरूमा भएको छालारोग बिशेषज्ञ डा. एलिसा भट्टराई बताउँछिन ।

मुसा विभिन्न प्रकारका हुन्छन् । जस्तैः ब्ल्याकहेड्स, ह्वाइटहेड्स, पापुल्स, पस्टुल्स, नोब्युल्स र सिस्ट मुसाका प्रकार हुन् । यो प्राय छालाका सबै भागमा आउन सक्छ । यसको गम्भीरतामा निर्भर गर्दै मुसाले छालामा नराम्रो दागहरू छोड्न सक्छ । जुन भावनात्मक रूपमा कष्टप्रद हुनसक्छ । तसर्थ, यो अवस्थाको शुरुआतमा यसले महत्त्वपूर्ण शारीरिक र भावनात्मक दागहरू निम्त्याउनुअघि चाँडै छाला विशेषज्ञसँग परामर्श गर्नु बुद्धिमानी हुनेछ ।

हाम्रो छालामा स–साना छिद्रहरू हुन्छन् । जुन छालाको तलको तेल ग्रन्थीसँग जोडिन्छन्। फोलिकल्स भनिने साना नहरहरूले छिद्रहरूलाई ग्रंथिहरूसँग जोड्छन्। यी प्रत्येक कूपमा कपाल बढेको हुन्छ। तेल ग्रन्थीहरूले सेबम स्राव गर्छ, जुन तेलयुक्त पदार्थ हो । सेबमले छालाको मृत कोशिकाहरूलाई फोलिकल्समार्फत छालाको सतहसम्म लैजान्छ । यसले मुसा आउन भूमिका खेल्दछ ।

सामान्य प्रकारका मुसा हात वा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने गर्दछ । हेर्दा नराम्रो देखिने यस प्रकारको मुसाले अन्य कुनै स्वास्थ्य समस्या भने नदिने डा. भट्टराई बताउँछिन् । ‘पैतालामा वा हत्केलामा आउने मुसाले शरीरमा निकै पिडा दिने गर्दछ ।’, उनी भन्छिन्, ‘यस्तो दुखाइले विशेषतः हिँड्ने बेलामा पैताला वा हात चलाउँदा हत्केलामा दुखाइ निम्त्याउने गर्दछ । त्यसैगरी अनुहारमा आउने मुसालाई भेरुका प्लाना भनिन्छ । यस प्रकारको मुसा स–साना खैरो रंगका हुन्छन् । यी मुसा अनुहारमा आउने गर्दछन् । यौनांगमा सर्ने गर्दछन् । विशेषतः घाउ हुनेहरुसँग असुरक्षित सम्पर्क भएपछि यौनांगमा मुसा सर्ने गर्दछ । यो असुरक्षित सम्पर्क २ सातादेखि १ बर्षको अवधिभित्र देखा पर्न सक्छ ।’

‘स–साना वा हातखुट्टामा आउने मुसा केही समयपछि आफै निको हुने गर्दछ । तर, पैताला वा हत्केलामा आएको वा यौनांगमा आउने र अनुहारमा आउने मुसाहरु भने आफै निको हुँदैनन् । यसप्रकारको मुसा सरुवा रोगका कारणले हुने गर्दछन् । अझ मुसा कोट्याई रहने, चलाएपछि हात नधोई अन्य अंगमा छोएमा यी मुसा सर्ने गर्दछन् । अझ असुरक्षित यौन सम्पर्कको कारणले पनि यसप्रकारको मुसा आउने डा. भट्टराईको भनाइ छ ।

शरीरमा मुसा देखियो भने सुरुमा औषधि लगाउनुपर्छ । औषधि लगाउँदा एक महिनामा सुधार भयो भने त्यही औषधि नै लगातार प्रयोग गरिन्छ । तर औषधिले काम गरेन भने यसलाई अन्य उपचार विधिले हटाउने गरिन्छ । यदि शरीरमा धेरै मुसा भएमा र यी उपचार विधिबाट पनि हटाउन सम्भव नभए लेजर थेरापीबाट पनि हटाउन सकिन्छ । साथै होमीयोप्याथिक औषधि पनि यो समस्यामा लाभदायक मानिन्छ ।

मुसा आएको सुरूकै अवस्थामा होमियोप्याथिक औषधिको प्रयोगले मुसा आउनसमेत रोक्न सकिन्छ । पैलता र हत्केलामा आउने मुसा खिलसँग मिल्दोजुल्दो हुन्छ । कतिपय व्यक्ति त पैतला र हत्केलामा आएको मुसालाई खिल भनेर झुक्किन्छन् । खिलमा किटाणु हुँदैनन् । त्यसैले खिल भनेर उपचार नगरी छाडेको मुसा बढेर जाने उनको भनाइ छ ।