global ime bank Long Banner Ad

गृहपृष्ठ प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको सुनुवाई बिहिबार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको सुनुवाई बिहिबार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको सुनुवाई बिहिबार

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको सुनुवाई बिहिबार हुने भएको छ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीको सुनुवाइ बिहीबार गर्ने भएको हो । उनीविरुद्ध २९ वटा उजुरी परेका छन् । समितिले सदस्यहरूलाई उजुरी वितरण गरेसँगै सुनुवाइको मिति तय भएको हो । सुनुवाइ हुनुअघि नै समितिले उजुरीकर्तासँग छलफलको तयारी गरेको छ ।

जेठ १६ गते बसेको समितिको बैठकले कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोही बमोजिम जेठ २६ गतेसम्म कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् ।

उजुरीकर्ताले कार्की एमाले कार्यकर्ता भएको, निष्पक्ष न्याय सम्पादन गर्ने योग्यता नभएको, पालो मिचि अघि आएको जस्ता आरोप लगाएका छन् ।

कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको उजुरीकर्ताको आरोप छ । अर्का उजुरीकर्ताले कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरेका छन् ।

कार्कीलाई नाममात्रै लेखाउन प्रधानन्यायाधीशमा नियुक्त गर्न नहुने उजुरीकर्ताको माग छ । कार्कीले ६५ वर्षे उमेरहदका कारण साउन १९ मा अवकाश पाउँदै छन् । उनी आठ महिनादेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु