काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्यूठानको भिंग्री नजिकै कार भीरबाट खस्दा ८ जनाको मृत्यु

6.43K
shares

 स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा तीन बालबालिकासहित ८ जनाको मृत्यु भएको छ । प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरीले जानकारी दिएको छ । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको हो ।

गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ । शव अस्पताल लग्ने तयारी भइ रहेको छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।