global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौँमा क्रिया योग ध्यान (मेडिटेशन) कार्यक्रम हुँदै

काठमाडौँमा क्रिया योग ध्यान (मेडिटेशन) कार्यक्रम हुँदै

काठमाडौँमा क्रिया योग ध्यान (मेडिटेशन) कार्यक्रम हुँदै

काठमाडौँ, जेठ २३ । राजधानीमा क्रिया योग (मेडिटेशन ) कार्यक्रम आयोजना हुने भएको छ । जेठ २७ गते शनिबार ठमेल अमृतमार्ग स्थित यात्री सुइटस् एण्ड स्पामा बिहान ११ः३० देखि दिउँसो ४ बजेसम्म क्रियायोग ध्यानको कार्यक्रम हुन भएको हो । यस्तै भोलिपल्ट अर्थात जेठ २८ गते आइतबार सोल्टी होटलमा बिहान ७ बजे देखी ८ः३० बजेसम्म क्रियायोग ध्यान (मेडिटेशन) कार्यक्रम सञ्चालन हुने भएको छ ।

सो क्रियायोग ध्यान कार्यक्रममा चर्चित गुरुदेव स्वामी योगी सत्यमको मुख्य प्रशिक्षण रहनेछ । स्वामी योगी सत्यम भारतको प्रयागराजमा अवस्थित क्रियायोग आश्रम एण्ड रिसर्च इन्टिच्यूटका प्रमुख गुरु हुन् ।

मोहन लामिछाने र शान्ता गौतम सहितको समुहले नेपालमा क्रियायोग ध्यान कार्यक्रमको आयोजना गर्न लागेका हुन । उनिहरुले विगत लामो समयदेखि कृयायोगको अभ्यास गरी हाल नेपालमा यसको प्रवद्र्धन र बिस्तारमा जुटिरहेका छन् ।

मानव जीवनको मुख्य उद्देश्य सबै प्रकारका दुःखबाट मुक्ति हो, तर मानिसलाई दुःखवाट मुक्त गराउन वा उसका रोग, शोक र समस्याहरूलाई निर्मूल पार्न वर्तमान प्रणाली अपूर्ण छ । त्यसैले क्रियायोग ध्यान मानिसका सम्पूर्ण शारिरिक र मानसिक पीडाहरू स्थायी रूपमा हटाउने सबैभन्दा सजिलो, छिटो र वैज्ञानिक विधि भएकाले क्रियायोग ध्यान सिक्नु एकदमै आवश्यक भएको आयोजकको बुझाई छ ।

मानिसले आफुलाई व्यक्तिगत र अलग अलग अस्तित्व हौं भन्ने कल्पनामा वा भ्रममा बाँच्नु नै उसका सम्पूर्ण समस्याहरूको मूल कारण हो । त्यसैले क्रियायोग ध्यानले व्यक्तिको व्यर्थ विचारलाई मेटाईदिने र ईश्वरीय सत्तासँग आत्मको एकाकारको अनुभूति गराउने भएकोले यो कार्यक्रम निकै प्रभावकारी र महत्वपुर्ण सिद्ध हुने आयोजकको अपेक्षा छ ।

गुरुदेव स्वामी श्री योगी सत्यमद्वारा संचालन हुने कृपापूर्वक र सम्मानपूर्वक सम्पूर्ण समस्याहरूको समाधानकोलागि सरल र सहज विधीको एक दिने क्रियायोग ध्यान शिविर कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । तर सिमित सिट भएकोले कार्यक्रममा सहभागि हुनुपुर्व नै नाम दर्ता गराउनुपर्ने छ । त्यसको लागि आयोजकद्धय मोहन लामिछाने (९८५१०७८९७३) र शान्ता गौतम (९८४१४०५९००) लाई सम्पर्क गरेर नाम दर्ता गराउन सकिनेछ ।

क्रिया योग ध्यान शिविर कार्यक्रमलाई अब नेपालका विभिन्न स्थानमा पनि निरन्तर रुपमा सञ्चालन गर्ने र दुःख र निराशामा बाँचिरहेका व्यक्तिहरुलाई खुशी र सन्तुष्ट जीवनमा फर्काउने लक्ष्य आयोजकले लिएका छन् ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु