global ime bank Long Banner Ad

गृहपृष्ठ यात्री’ दर्तामा फेरि समस्या भयो, आफैं कानून ढिलो बनाएको सरकारले जरिवाना लियोः गगन थापा

यात्री’ दर्तामा फेरि समस्या भयो, आफैं कानून ढिलो बनाएको सरकारले जरिवाना लियोः गगन थापा

यात्री’ दर्तामा फेरि समस्या भयो, आफैं कानून ढिलो बनाएको सरकारले जरिवाना लियोः गगन थापा

 स्वदेशमै निर्मित विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा फेरि समस्या आएको भन्दै त्यसको समाधान गर्न नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माग गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भए पनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको बताए ।

‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीले निर्देशनमा कार्यविधि संशोधन भयो, दर्ता भयो, सरकारको तारिफ पनि भयो । तर अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ ।

पहिले कानुन थिएन दर्ता भएन, तर अहिले कानुन भयो, दर्ता भयो तर आफैं ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैंले जरिवाना तिर्नुपर्छ ।’

प्रकाशित समय : १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु