global ime bank Long Banner Ad

गृहपृष्ठ कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उनले बताए । विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने उनको भनाइ छ । राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने उनले घोषणा गरे ।

राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको घोषणा छ ।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु