गृहपृष्ठ मधेसमा जसपाकै मुख्यमन्त्रीलाई निरन्तरता दिने गठबन्धनमा सहमति
मधेसमा जसपाकै मुख्यमन्त्रीलाई निरन्तरता दिने गठबन्धनमा सहमति
सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच यस्तो सहमति भएको गठबन्धन दलका नेताहरुले बताएका छन् । हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ ।
तर केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कांग्रेसले आलोपालो अन्तर्गत पहिलो चरणमा आफ्नो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिँदै आएको थियो ।
कांग्रेसको यो अडानका कारण मधेस प्रदेश सरकार पुनर्गठन हुन सकेको थिएन । यो विवाद मिलाउन प्रधानमन्त्री निवासमा केही दिनदेखि नियमित बैठक बस्दै आएको थियो । शुक्रबार बसेको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएकाे माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मधेस प्रदेश माओवादी संसदीय दलका नेता भरत साहले बताए ।
प्रकाशित समय : १५:३१ बजे



















