global ime bank Long Banner Ad

गृहपृष्ठ तामझाम बिनै संसद् भवन पुगे राष्ट्रपति पौडेल

तामझाम बिनै संसद् भवन पुगे राष्ट्रपति पौडेल

तामझाम बिनै संसद् भवन पुगे राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल साधारण सुरक्षा घेरामै संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

शीतल निवासबाट भीभीआईपीलाई दिइने साधारण सुरक्षामै सडकमा निस्किएका राष्ट्रपति पौडेल सर्वसाधारणसँगै सडक अवरुद्ध नगरी संसद् भवन पुगेका हुन् ।

विगतमा राष्ट्रपतिको सवारी हुँदा प्रहरीले सडक ठप्प पार्ने गरेको थियो । निकै तामझाम हुने गरेपछि आलोचना पनि हुने गरेको थियो । तर यसपटक राष्ट्रपति पौडेलले सडकमा कुनै अवरोध नगरी संसद्सम्म पुगेका हुन् । यसअघि पौडेल राष्ट्रपति निर्वाचन हुँदाको बखत् नै राष्ट्रपतिको सवारीका कारण नागरिकलाई सास्ती हुन नहुने भन्दै बहस चलेको थियो ।

संसद् भवन परिसरमा पुगेपछि भने राष्ट्रपति पौडेलको अघि नेपाली सेनाले कारगेडको व्यवस्था गरेको थियो ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु