global ime bank Long Banner Ad

गृहपृष्ठ देउवालाई गगनको प्रश्न : ओलीले बोल्छु भन्नुभयो, तपाईंको कुरा के हाे ?

देउवालाई गगनको प्रश्न : ओलीले बोल्छु भन्नुभयो, तपाईंको कुरा के हाे ?

देउवालाई गगनको प्रश्न : ओलीले बोल्छु भन्नुभयो, तपाईंको कुरा के हाे ?

काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले नक्कली शरणार्थीका विषयमा तत्काल पार्टीको बैठक बोलाएर यसबारे धारणा तय गर्न माग गरेका छन् ।

बालकृष्ण खाँणको निलम्बनलाई प्रमुख विषय बनाएका गगनले सभापति देउवा स्वयंले बोल्नुपर्ने भन्दै ‘केपी ओलीले ४ गते संसदमा बोल्छु भन्नुभयो, तपाईंको धारणा के हो ? पार्टीले हस्तक्षेप गर्दैन, जघन्य अपराधमा संलग्न जो सुकैलाई छोड्नु हुन्न भनेर सभापतिले बाहिर बोल्नुस् ।’

सभापति देउवाले भने आफूले बोलिरहेको जवाफ दिएको एक नेताले सुनाए ।

तर काँग्रेसभित्र केन्द्रीय सदस्य खाँणको निलम्बनलाई लिएर वादप्रतिवाद नै परेको छ ।

बैठकमा महामन्त्री थापाले केन्द्रीय सदस्य खाँणले आफू निर्दोष भएको दाबी गरेको र आफूहरुलाई पनि त्यही विश्वास रहेको बताए । तर अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिइसकेपछि खाँण आफैंले पार्टीको जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नु उपयुक्त हुने बताएको एक नेताले जानकारी दिए । ‘त्यसो गर्ने हो भने एउटा विन्दुमा पार्टीले निलम्बन गर्नुपर्छ’, उनले भने ।

उपसभापति गुरुङ र महामन्त्री शर्माले गगनको मतमा सहमति जनाएका थिए । तर सहमहामन्त्री महेन्द्र यादवले कडा रुपमै प्रतिवाद गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रकाशित समय : ०७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु