global ime bank Long Banner Ad

गृहपृष्ठ कर्मचारी खटाएको ठाउँमा नगए विभागीय कारबाही गरिने

कर्मचारी खटाएको ठाउँमा नगए विभागीय कारबाही गरिने

कर्मचारी खटाएको ठाउँमा नगए विभागीय कारबाही गरिने

आफूले गरेको निर्णय र दिएको निर्देशन पटक–पटक उल्लंघन भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको स्थानमा नजाने र काजफिर्ता गरे पनि जबरजस्ती साविकका कार्यालयमा बस्ने कर्मचारीमाथि कारबाहीको तयारी गरेको छ ।

खरिदारदेखि सहसचिवसम्मका कर्मचारीहरू खटाएको स्थानमा नजाने प्रवृत्ति बढेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो । संघीय मन्त्रालयका अनुसार यस्ता कर्मचारीहरू सबै निकायमा रहेका छन् ।

खटाएको स्थानमा नजानेमात्र होइन, रमाना नदिने कार्यालय प्रमुख तथा लेखा प्रमुखमाथि समेत कारबाही गर्ने परिपत्र गरिएको छ । संघीय मामिलामन्त्री अमनलाल मोदीले मन्त्री भएको २४ दिनमा गत माघ २७ गते स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई निमित्त नदिने, ऐनविपरीत भएका सरुवा रद्द गरिने र स्थानीय तहमा जान अटेर गर्ने कर्मचारीलाई अनिवार्य पठाउने पाँच बुँदे परिपत्र जारी गरेका थिए ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु