global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल

एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल

एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुँदैछ ।

बिहीबारबाट सुरु केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

आज बिहान ८ बजेदेखि सरु हुने बैठकमा ती प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ ।

समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझावहरु प्रस्तुत गर्ने छन् । त्यसका लागि हरेक अध्यक्षहरुलाई १० मिनेटको समय उपलब्ध गराइएको छ ।

त्यसपछि आजै स्थायी कमिटीको बैठक बस्ने छ । प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ ।

प्रकाशित समय : ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु