गृहपृष्ठ बङ्गलादेशको राष्ट्रपति दौडमा आलमगीर

बङ्गलादेशको राष्ट्रपति दौडमा आलमगीर

बङ्गलादेशको राष्ट्रपति दौडमा आलमगीर

बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरलाई आगामी राष्ट्रपति निर्वाचनका लागि पार्टीको उम्मेदवार चयन गरेको छ । उम्मेदवार बनेलगत्तै आलमगीरले पार्टी महासचिव तथा राष्ट्रिय स्थायी समितिको सदस्य पदबाट राजीनामा दिएको छ न्।

बीएनपीका वरिष्ठ संयुक्त महासचिव रुहुल कबिर रिजवीले प्रधानमन्त्री कार्यालयअगाडि रहेको पार्टी सचिवालयमा बिहीबार राष्ट्रिय स्थायी समितिको बैठकपछि पत्रकार सम्मेलनमार्फत आलमगीरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका हुन् । बैठकमा पार्टीका संयुक्त महासचिवसहित राष्ट्रिय स्थायी समितिका अन्य नेताहरूको उपस्थिति थियो ।

रिजवीले आलमगीर पार्टीको राष्ट्रपतीय उम्मेदवार बनेको घोषणा गर्दै उक्त निर्णय पार्टीका अध्यक्ष तथा बङ्गलादेश सरकारका प्रधानमन्त्रीसँग भएको बैठकमा यसअघि नै गरिएको जानकारी दिए । उनले आलमगीरले उम्मेदवारका रूपमा अघि बढ्न पार्टी महासचिव र राष्ट्रिय स्थायी समितिको सदस्य पदबाट राजीनामा दिएको पनि पुष्टि गरे ।

बङ्गलादेशमा पूर्वराष्ट्रपति मोहम्मद साहाबुद्दिनले गम्भीर स्वास्थ्य समस्या देखाउँदै गत महिना पदबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनको प्रक्रिया अघि बढेको हो । साहाबुद्दिनले अप्रिल २०२३ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएको थिए ।

छयत्तर वर्षीय साहाबुद्दिनले गत जुलाई २४ मा बङ्गलादेशको राष्ट्रिय संसद्का अध्यक्षसमक्ष हस्ताक्षर गरिएको राजीनामा पत्र बुझाएको थिए । अध्यक्ष मेजर (सेवानिवृत्त) हाफिज उद्दीन अहमदले सोही दिन राजीनामा स्वीकार गरिएको पुष्टि गरेका थिए ।

राष्ट्रिय संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अहमदले संविधानको धारा ५४ अनुसार नयाँ निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म आफूले अध्यक्षका रूपमा राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेको बताएको थिए ।

साहाबुद्दिनले सन् २०२३ अप्रिल २४ मा बङ्गलादेशको २२औँ राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरेका थिए । उनि तत्कालीन सत्तारूढ अवामी लिगका उम्मेदवारका रूपमा निर्विरोध निर्वाचित भएको थिए । उनको पाँचवर्षे कार्यकाल सन् २०२८ अप्रिलमा पूरा हुने थियो ।

बङ्गलादेशको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएमा नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म संसद्का अध्यक्षले राज्यको अन्तरिम प्रमुखका रूपमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।

अब राष्ट्रिय संसद्ले राष्ट्रपतिको पद रिक्त भएको मितिदेखि ९० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बीएनपीले आलमगीरलाई उम्मेदवार बनाएसँगै आगामी राष्ट्रपति निर्वाचनका लागि राजनीतिक प्रक्रिया अघि बढेको छ ।रासस

 

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु