global ime bank Long Banner Ad

गृहपृष्ठ जब पूर्वगृहमन्त्री खाँणले अधिवक्ता स्वागत नेपाललाई हात जोडेर भने : ‘प्लिज, मेराविरुद्ध बहस नगरिदिनुस्’

जब पूर्वगृहमन्त्री खाँणले अधिवक्ता स्वागत नेपाललाई हात जोडेर भने : ‘प्लिज, मेराविरुद्ध बहस नगरिदिनुस्’

जब पूर्वगृहमन्त्री खाँणले अधिवक्ता स्वागत नेपाललाई हात जोडेर भने : ‘प्लिज, मेराविरुद्ध बहस नगरिदिनुस्’

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत प्रवेश गराउन साथ उनलाई इजलाससँगै जोडिएको फाँटमा कुर्सीमा राखियो । दुई डीएसपीसहित प्रहरीको टोलीले उनलाई सुरक्षा दिइरहेको थियो । त्यहीबीचमा कानुन व्यवसायीहरूको ठूलो भीड इजलासमा प्रवेश गर्न खोज्यो । प्रहरीले रोक्यो । ठेलमठेल भीड भएपछि प्रहरीले इजलास कक्षको भित्रबाट चुकुल लगाइदियो । अनि खाँणका कानुन व्यवसायीहरूले बोलाएकाहरू मात्रै भित्र जान पाए ।

खाँणको पक्षमा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, महादेव यादव, नेपाल बार एशोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, एगराज पोखरेल र गान्धी पण्डितले बहस गरे ।

उनीहरुले राज्यको उच्च पदमा बसेका र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तिलाई अनाहकमा पक्राउ गरिएको भन्दै आपत्ति जनाए । ‘पक्राउको औचित्य पुष्टि हुनुपर्छ, नभए हाजिरी जमानीमा छाडियोस् ।’ उनीहरुले भने ।

करिब डेढ घण्टाको अवधिमा पटक–पटक घडीतिर आँखा डुलाइरहेका न्यायाधीश उत्तम सिलुवाल सुनुवाइका क्रममा मौन रहे ।

अधिवक्ता स्वागत नेपालले बहसका लागि समय माग्न खोजे । खाँण र उनका कानुन व्यवसायीहरूले नेपाल आफ्नो तर्फबाट नभई जाहेरवालाहरूको तर्फबाट बोल्न आएको मेसो पाए । कानुन व्यवसायीहरूले पूर्वमन्त्री खाँणलाई त्यो कुरा सुनाए । उनले अधिवक्ता नेपालको हात अलि जोडले ताने, चरप्प समाए र अड्याइरहे । अनि नमस्कार गरे । उनले नेपाललाई भने, ‘प्लिज, तपाईंले मेरो विरुद्ध बहस नगरिदिनुहोस्!’

नेपालले ‘कसैको विपक्षमा नभई पीडितको पक्षमा बहस गर्न लागेको’ भन्ने जवाफ दिए।

सबैको बहस सकिएपछि अधिवक्ता नेपालले इजलासको ध्यानाकर्षण गराए र आफ्नो कुरा राखे । उनले ठगी मुद्दामा पक्राउ परेका दुईजना रामशरण केसी र गोविन्दकुमार चौधरी हत्कडीसहित बाहिर उभिंदा पूर्व गृहमन्त्रीलाई ससम्मान इजलासमा राखिएकोमा आपत्ति जनाए ।

उनले पूर्वगृहमन्त्री खाँणतिर हेर्दै राजनीति गर्नेहरूले नेपालीलाई नक्कली भुटानी बनाएर बेचिरहेको बताए । ‘हामीलाई नेपालीको रूपमा बेच्ने कि नक्कली भुटानी बनाएर बेच्ने भन्ने मात्रै यिनको प्रश्न हो । पूर्वगृहमन्त्री यहाँभित्र कुर्सीमा बसिरहँदा अहिले पनि ती दुई युवा बाहिर उभिइरहेका छन्’ उनले भने, ‘हामीले ऋण–धन गरेर ल्याएको पैसा यिनलाई बुझाएर नक्कली भुटानी बनेर बेचिन बाध्य छौं । म अदालतभित्र भएको यो असमान व्यवहारप्रति खेद व्यक्त गर्दछु ।’

लगत्तै इजलासले तीन दिन थुनामा राख्न आदेश दियो ।

प्रकाशित समय : ०६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु