global ime bank Long Banner Ad

गृहपृष्ठ खाँण पक्राउ परेपछि कांग्रेसले भन्यो : ‘अनुसन्धान निष्पक्ष होस्’

खाँण पक्राउ परेपछि कांग्रेसले भन्यो : ‘अनुसन्धान निष्पक्ष होस्’

खाँण पक्राउ परेपछि कांग्रेसले भन्यो : ‘अनुसन्धान निष्पक्ष होस्’

नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि निष्पक्ष छानबिन र अनुसन्धानको माग गरेको छ । बुधबार साँझ सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकपछि प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले पार्टीका नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा आरोपितका रुपमा रहेको र उनीमाथि अनुसन्धान भइरहेको बताए ।

‘उहाँ फरार हुनुभएको होइन, उहाँलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यो भनेको उहाँ दोषी ठहर भइसक्नुभएको होइन,’ उनले भने, ‘हाम्रो बैठक आकस्मिक होइन । हामी पार्टीका भ्रातृ संगठनका विषयमा छलफल गर्न पहिल्यै बैठक बस्ने तयारी थियौँ । यद्यपि बैठकमा उहाँ पक्राउ पर्नुभएको विषयमा छलफल भयो । यो विषयमा हाम्रो भनाइ यत्ति हो कि उहाँमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ । यो मुद्दामा जो पनि दोषी छन् दोषीलाई कारबाही र निर्दोषलाई न्याय मिल्नुपर्छ ।’

प्रवक्ता महतले बैठकमा त्यसबारे सामान्य छलफल भए पनि पार्टीमा निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै छलफल नभएको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।

प्रकाशित समय : ०६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु