गृहपृष्ठ टोपबहादुर रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध गर्दैन–एमाले

टोपबहादुर रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध गर्दैन–एमाले

टोपबहादुर रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध गर्दैन–एमाले

टोपबहादुर रायमाझी फरार हुनु उनको गल्ती भएको नेकपा (एमाले) ले ठहर गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनले प्रहरीमा उपस्थित भएर सत्यतथ्य उजागर गर्नुपर्नेमा एकाएक फरार भएर गल्ती गरेको एमालेको निष्कर्ष छ ।

वैशाख २८ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न मंगलबार बसेको केन्द्रीय सचिवलाय बैठकले फरार भएर उनले कानुन कार्यान्वयनमा असहयोग गरेको समेत निष्कर्ष निकालेको छ । अदालतले पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा अब रायमाझीले कानुन कार्यान्वयनमा सघाउनुको विकल्प नभएको एमालेको भनाइ छ ।

रायमाझीबारे आज बैठकको एजेण्डा नभएपनि नेताहरुले प्रश्न गरेपछि अध्यक्ष केपी शर्मा ओलीले एमाले कानुन भन्दा बाहिर नजाने बताएका थिए । उनले कानुन अनुसार रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध नगर्ने समेत बताएका थिए ।

‘एमाले कानुनी शासनको पक्षमा छ । त्यसैले कानुनविपरीत कसैले काम गरेको छ भने उ त्यसको सजाय भोग्न तयार हुनुपर्छ, पार्टी त्यसमा बाधक हुँदैन’, अध्यक्ष ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘तर वास्तविकता के हो भन्ने कुरामा राज्यले प्रमाण पेश गर्ला । सम्बन्धित व्यक्तिले पनि आफ्नो प्रमाण पेश गरेपछि थाहा हुने कुरा हो ।’

प्रकाशित समय : ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु