गृहपृष्ठ यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति ट्रम्पलाई दोषी ठहर गर्दै पीडित महिलालाई ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको हो ।

एक म्यागेजिनको लेखिका ई जिन क्यारलले आफूमाथि ट्रम्पले सन् १९९० मा यौन दुर्व्यवहार गरेको र उल्टै पीडितले झुठो बोलेको भन्दै आफ्नो मानहानी गरेको भन्दै मुद्दा दर्ता गराएकी थिइन् ।

उक्त मुद्दा क्रिमिनल कोर्टमा नभई सिभल कोर्टमा चलिरहेकाले पीडितले भनेजस्तो एक डिपार्टमेन्टल स्टोरमा क्यारलको बलात्कार भएको भने अदालतमा पुष्टि नभएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

दुई सातासम्म म्यानहटन फेडरल कोर्टमा जारी यस सुनुवाइमा आरोपित ट्रम्प भने उपस्थित भएका थिएनन् । उनले सुरुदेखि नै उक्त आरोप मिथ्या भएको दाबी गर्दै आएका छन् । अबको राष्ट्रपतीय निर्वाचनमा लड्नका लागि ट्रम्पलाई यो फैसलाले ठूलो धक्का पुगेको आकलन गरिएको छ ।

अदालतले क्यारललाई ३० लाख अमेरिकी डलर मानहानी गरेबापत र बाँकी २० लाख अमेरिकी डलर यौन दुर्व्यवहार गरेबापत गरी कूल ५० लाख अमेरिकी डलर तिर्नुपर्ने भएको हो । यस फैसलालाई उनले निजी सामाजिक सञ्जाल ट्रुथमार्फत प्रतिक्रिया समेत दिएका छन् । आफूमाथि आरोप लगाउने महिलाको बारेमा आफूलाई थाहा नभएको भन्दै उनले लेखेका छन्‚ ‘मलाई आरोप लगाउने महिला को हो भन्नेसम्म पनि थाहा छैन । अदालतको यो फैसला अपमानजनक छ ।’

प्रकाशित समय : ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु