गृहपृष्ठ अर्घाखाँची आगलागी अपडेटः जलेर गम्भीर घाइते भएका ३ जनाको मृत्यु

अर्घाखाँची आगलागी अपडेटः जलेर गम्भीर घाइते भएका ३ जनाको मृत्यु

अर्घाखाँची आगलागी अपडेटः जलेर गम्भीर घाइते भएका ३ जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए ।आगलागीबाट २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासे पनि घाइते भएका छन् । माधवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु