गृहपृष्ठ ‘आइएमई पे’मा रेमिट्यान्स दावी गर्दा ५० रुपैयाँ बोनसमा निरन्तरता
‘आइएमई पे’मा रेमिट्यान्स दावी गर्दा ५० रुपैयाँ बोनसमा निरन्तरता
आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’ मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ ।
संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’मा कन्ट्रोल नम्बर राखी दावी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिदै आएको छ । ‘आइएमई पे’ ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिदैं ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दावी गर्न प्रोत्साहन गरेको छ । सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा पनि उपलब्ध हुनेछ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।
प्रकाशित समय : १४:४८ बजे